Friday, August 14, 2015

नेपाल समुह बिजेता

बङ्गलादेशमा जारी १६ बर्ष मुनिको तेस्रो संस्करणको साफ च्याम्पियनसिपमा नेपालले अफगानिस्तान लाई १-० ले पराजित गरेको छ। समुह चरणको अन्तिम खेलअन्तर्गत निकै प्रतिष्पर्धात्मक खेलमा नेपालका लागि ४८ औँ मिनेटमा क्षितिज राजले गरेको गोल नै निर्णायक बन्न पुग्यो। जित पछी नेपाल समुह विजेता बनेको छ । नेपाल र अफगानिस्तान यसअघी नै सेमिफाइनल प्रवेश गरिसकेका हुन् ।अब नेपालको सेमिफाइनलमा भारतसँग पर्सी खेल हुनेछ। त्यस्तै अर्को सेमिफाइनलमा बङ्गलादेश र अफगानिस्तान भिड्ने छन्न।

No comments:

Post a Comment