काठमाडौँ, ३२ साउन । बन्द गर्ने संस्कृतिको बिरोध गर्दै ‘नेपाल खुल्ला छ’ नामक अभियान चलाउदै आएको बिबेकशील नेपाली दल, एमआरआर फेसबुक ग्रुप र
अन्य सर्वसाधारणले आज पनि स्वस्फुर्त रुपमा बन्दको बिरोध गरेका छन् ।
उनीहरुले आज मोटर साइकल र्याली पनि गरेको छ । माइतीघर मण्डलाबाट निस्केको
र्याली थापाथली, त्रिपुरेश्वर, जमल, दरबारमार्ग, घन्टाघर, भृकुटीमण्डप,
पुतलीसडक, हात्तीसार ज्ञानेश्वर, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो
लगनखेल हुँदै पुनः माइतीघर मण्डला आएर समापन भएको थियो ।
युवाहरुले मोटरसाइकलमा नेपाली राष्ट्रिय झण्डा र हातमा नेपाल खुल्ला रहेको सन्देश मुलुक प्ले कार्ड बोकेका थिए । करिब सय भन्दा बढी युवाहरुको सहभागीता रहेको जुलुसमा युवा युवतीहरुको सक्रिय सहभागिता रहेको थियो ।












No comments:
Post a Comment