काठमाडौँ, २७ साउन । पछिल्लो समय चर्चामा छाएकी गायिका ज्योती मगर आधुनिक लोकगायिका हुन् । उनको कामुक हाउभाउले सजित गीत र भिडियो सार्बजनिक भएपछि उनी एकाएक चर्चामा आईन ।
सामाजिक संजालहरुमा बादबिबाद सिर्जना भएपछि पुराना लोकगायक राम प्रसाद खनालले बाध्य भएर कडा टिप्पणी गरेका छन् । उनले गायिका मगरलाई चर्चित हुने भए निला फिल्म खेल्न समेत सुझाएका छन् ।
नेपालको सांगितिक क्षेत्रबाट बिदा लिएर विदेश पलायन भएका गायक
राम प्रसाद खनालले गायिकाको मगरका साथै समग्र मिडीया क्षेत्रको आलोचना गरी आफ्नो फेसबुकमा स्टाटास लेखेका छन ।
पढ्नुहोस् गायक खनालले लेखेको स्टाटस जस्ताको त्यस्तै के कलाकार भनेको “देखाउने” मात्र हो ?? कलाकारको अनुशासन, मर्यादा हुँदैन ?? * यस्ता उत्ताउला उत्ताउली लाई हाइ लाइट गर्ने, चर्चामा ल्याइदिने मिडिया र मिडिया कर्मीहरु के तपाईंहरु ठीक गर्दै हुनुहुन्छ ??
ज्योति मगर, व्यक्तिगत रुपमा उनलाई जे मन लाग्छ गरुन, त्यो उनको स्वतन्त्रता र अधिकार हो तर यी “उत्ताउली” नानीले केही समय यता लोक गीत दोहोरी गीत क्षेत्रको नराम्रो सँग बेइजत गर्दैछिन । धेरै पटक यिनका उत्ताउला र सीमा नाघेका गीत भिडियो सुने पछी हेरे पछी मन अमिलो भएर आउंथ्यो, लेखौँ लेखौँ लागेर पनि भैगो “गु लाई चलाई मुख भरी छिटा” किन गराउनु भन्दै चुप लागि बसेँ । तीन दिन देखी उनको बारेमा अनलाइनहरु फेसबुक र ट्विटर अनी यु ट्युब मा अाइरहेका प्रतिकृया हेरे पछी मलाई निम्न कुरा भन्न मन लाग्यो रिसानी भए पनि मलाई कुनै गुनासो हुने छैन:
१- लोक गीत र दोहोरी गीत, तीज गीत भनेको हरेक नेपालीको मन हो, मुटु हो ज्योति तिमी यो क्षेत्रको लागि अनुपयुक्त छौ । यो पवित्र क्षेत्रलाई तिम्रो नग्नता र उत्ताउलो पनले दुषित पार्ने ध्रिस्ठता नगर । चर्चा कमाउनकै लागि हो भने, देखाएकै भर मा हिट हुने भुत चढेको हो भने, तिमीलाई “निला फिल्म” खेल्दा चर्चित हुन झन छिटो होला बरु त्यतै लाग्छेउ कि नानी !
२- हाम्रा अग्रजहरुले, हामीहरु सबैले, कल्पना गरेको, दु:ख गरेको, लागेको लोक दोहोरी क्षेत्र ज्योतिको “देखाउने” क्षेत्र होइन । ज्योति नानी तिमी लोक दोहोरीको नाम लिएर यसलाई बिटुल्याउने काम नगर । तिम्रा बाबु आमा दाजुभाइ दिदी बहिनी वा कोही आफन्त जन सँग सँगै बस, तिम्रै उत्ताउलो पना हेर, देखाउ अनी वहाँ हरुलाई सोध, तिम्रो अन्तर मन लाई सोध, के तिमी ठीक गर्दैछौ ??
३ – म्युजिक नेपाललाई म अति सम्मान गर्दछु । म्युजिक नेपाल हामी सबै नेपाली कलाकारको माइती हो, मावली हो, कर्म घर हो, सङ्रालय हो जहाँ बाट मेरा पनि थुप्रै गीती एल्बम सिडी भिसिडी डिभीडी प्रकाशित भएका छन । यस्तो सम्मानित संस्थाले “ढाडे बिरालो” नाम को विकृतिको पराकाष्ठा तिज गीत र उत्ताउली ज्योति मगरको नग्न नाच बेच्ने भएछ !!! आश्चर्य लाग्यो । म्युजिक नेपालले यसमा पुनर्बिचार गरोस् ।
४- ज्योति मगरका लागि यो गीत लेख्ने गीतकार, गाउने गायक गायिका, भिडियो निर्देशन गर्ने निर्देशक सबैलाई म बिनम्रता पूर्वक अाफ्ना आमा बाबु श्रीमती छोरा छोरी र आफन्तजन सँग सँगै बसेर यो ढाडे बिरालो र ज्योतिको नाँगो नाच हेर्न चुनौती दिन्छु, सक्नुहुन्छ तपाईंहरु ??
५ – मगर र गुरुङ जाती नेपाली लोक सांस्कृतिका खानी हुन, म उनिहरुलाई उच्च सम्मान गर्दछु । मगर थर कि उत्ताउली यी ज्योति नानीलाई तपाईंहरुले पनि खबरदारी गर्ने कि ?
५- लोक गीत, दोहोरी गीत क्षेत्रमा ज्योति नानी मात्र एक्लै छैनन यसमा सहायक अरु पनि छन । जसले चर्चा कमाउनकै लागि लोक दोहोरी क्षेत्रको मर्यादा बिर्सिन थालेका छन । उल्टा सिधा गीत गाएर, मोडलिङ गरेर हिट हुने सपना साँच्दैछन । तिनका नक्कल, पहिरन, बोली भाषा, स्टाइलहरु देख्दा आची गर्ने लाई भन्दा देख्ने लाई लाज भने जस्तो हुन्छ किन बुझ्दैनन उनिहरु ??
६ – दर्शक श्रोता हामी सबै कलाकारका न्यायाधिश हुन, अब दर्शक श्रोताले पनि यी ” देखाउन ” आउने ” हरु लाई छि:छि: र दुर दुर गरिदिनुपर्यो ।
७ – कलाकार सँग सम्बन्धित संघ संस्थाहरु सबैले सोच्नु पर्यो, के कलाकार भनेको “देखाउने” मात्र हो ?? कलाकारको अनुशासन, मर्यादा हुँदैन ??
८ – राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान यसमा अझ बढी सक्रिय हुनुपर्यो । यो क्षेत्रलाई बदनाम हुन बाट बचाउन एउटा आचार सँहिता बनाउनुपर्यो । नत्र हाम्रो क्षेत्र धराशायी हुने छ । मलाई आशा छ म लोक दोहोरी को क्षेत्रमा सक्रिय रहेका बेला म सँग सहयोगी का रुपमा सँगै काम गरेका भाई बहिनीहरु अहिले प्रतिस्ठानको नेत्रित्वमा हुनुहुन्छ, वहाँहरुले केही न केही पक्कै गर्नुहुने छ भन्ने मैले आशा राखेको छु ।
९ – अन्त्यमा मिडिया र पत्रकारहरु सँग पनि गुनासो : यस्ता उत्ताउला उत्ताउली लाई हाइ लाइट गर्ने, चर्चामा ल्याइदिने मिडिया र मिडिया कर्मीहरु के तपाईंहरु ठीक गर्दै हुनुहुन्छ ?? असल कलाकार, अनुशासित र मर्यादित कलाकार लाई कहिलै हाइलाइट गरिन्छ मिडियामा ?? योगदान को चर्चा हुन्छ मिडिया मा ?? कृपया गलत सँस्कार लाई प्रश्रय नगरौँ ।
स्पस्टोक्ती : यी उत्ताउली र यो गीत मा संलग्न उत्ताउलाहरुको यो भिडियो यहाँ शेयर गर्न पटक्कै मन छैन तर यत्रो भूमिका लेखिसकेपछी यही भिडियो यहाँ नराखे पाठकलाई बुझाउन नसकिने भयो त्यसैले यो उत्ताउलो भिडियो पनि यहाँ राखिएको हो बुझिदिनुहोला । यस पछी ज्योति पनि सहि बाटोमा आउन, यो गीत गाऊने, लेख्ने, अभिनय गर्ने, निर्देशन गर्ने सबैका आँखा खुलुन दर्शकले पनि जजमेन्ट गरुन भनेर माथिको यो स्टाटस लेखिएको हो । धन्यवाद
by onlinepatrika.com

No comments:
Post a Comment