२५ साउन, सुर्खेत : अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर २ प्रदर्शनकारीको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । प्रहरीको गोली लागि घाइते भएका मध्ये ४ जनालाई नेपालगन्ज रिफर गरिएको छ । । प्रहरी र प्रदर्शनकारी गरी दुबैतर्फ दर्जन बढी घाइते भएका छन् ।
धमला चोकमा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानका टिकाराम गौतम र वीरेन्द्रनगरका यमबहादुर विसी को मृत्यु भएको
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कन्चन भारतीले जानकारी दिए । विरेन्द्रनगर ३ का ६५ वर्षीय गोपालसिंह रजवारको झडपकै क्रममा मंगलगढीमा मृत्यु भएको परिवारले दावी गरेको छ । तर, प्रहरीले तिनको मृत्यु झडपमा नभएर अन्य कारणले नै भएको हुनसक्ने बताएको छ । एसपी राजेशकुमार लाल कर्णले सुर्खेतको झडमा २ जनाको मात्र मृत्यु भएको बताए । मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा आक्रोशित आन्दोलनकारीहरुले नेपाली काग्रेसका सहमहामन्त्री तथा पूर्व गृहमन्त्री पूर्णवहादुर खड्काको घर तोडफोड र आगजनी गर्ने क्रममा भएको दोहोरो झडपमा प्रहरीले गोली चलाएको हो ।विरेन्द्रनगर ३ का ६५ वर्षीय गोपालसिंह रजवारको झडपकै क्रममा मंगलगढीमा मृत्यु भएको परिवारले दावी गरेको छ । तर, प्रहरीले तिनको मृत्यु झडपमा नभएर अन्य कारणले नै भएको हुनसक्ने बताएको छ । एसपी राजेशकुमार लाल कर्णले सुर्खेतको झडमा २ जनाको मात्र मृत्यु भएको बताए । मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा आक्रोशित आन्दोलनकारीहरुले नेपाली काग्रेसका सहमहामन्त्री तथा पूर्व गृहमन्त्री पूर्णवहादुर खड्काको घर तोडफोड र आगजनी गर्ने क्रममा भएको दोहोरो झडपमा प्रहरीले गोली चलाएको हो ।
भारतीका अनुसार गौतमको शव प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय भित्र राखेको छ । प्रदर्शनमा दर्जन बढी घाइते भएका छन् ।
प्रहरीको गोली लागेर पत्रकार आईसीं
रोकायसमेत घाइते भएका छन् । समाचार संकलन गर्न गएका रोकायको खुट्टामा गोली
लागेको छ । उनी बुलबुले एफएममा कार्यरत छन् । रोकाय लगायतका घाइतेहरुलाई
नेपालगन्जमा रिफर गरिएको महासंघ अध्यक्ष भारतीले बताए ।



No comments:
Post a Comment