कान्तिपुर, मन्थली , श्रावण २३ -
रामेछापको मन्थली नगरपालिका १ को ठोक्रेखोला नजिकको जंगलमा शनिबार विभत्स हत्या गरिएकी एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा मृतक रामेछाप नगरपालिका ४ की इन्दा खत्री (विश्वकर्मा) हुन् । हत्या शनिबार बिहान भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
गाईबाख्रा चलाउन सुकाजोर खोला पुगेका गोठालाहरुले जंगलमा बच्चा रोएको सुनेपछि खोज्दै जादा उक्त रहस्योद्घाटन भएको हो । चौध महिनाकी बालिका रोइरहेको भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वालिका लिन जिल्ला प्रहरी कार्यालयबाट वडा नागरिक मञ्चका संयोजक ध्रुवप्रसाद सुवेदीसहित पुगेको प्रहरीले बालिका भेटिएको स्थान भन्दा केहि पर महिलाको शव फेला पारेका थिए ।
सुकाजोर खोलाबाट डुम्रिखर्क तर्फ जाने जंगलको विचमा पर्ने बाटोमा शव भेटिएको थियो । सलले घाँटी वेरेको र मुख तथा शरिरका विभिन्न भागमा ढुंगाले प्रहार गरेको चोट रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का गरी शव प्राथमिक स्वास्थ्य सेवा केन्द्र मन्थलीमा ल्याएको छ । बालिकालाई भने महिला तथा बालबालिका कार्यालय मार्फत सञ्चालन गरिएको स्नेह केन्द्रमा राखिएको छ ।
उनका श्रीमान् भने नेपाली सेनामा कार्यरत रहेको बताइएको छ ।

No comments:
Post a Comment